'एनिमल फार्म' र हाम्रो नयाँ नेपाल
(This article was firstly published on purwanchal dainik, Nepal dated: monday, 20 october, 2014; Nepali date: 2071 karthik 3)
सन् १९४४ मा प्रकाशित उपन्यासकार जर्ज अरवेलको
पुस्तक 'एनिमल फार्म' यस्तो पुस्तक हो जुन कल्पनाको उच्च उडानको माध्यमले समानता र
भाईचारा मार्फत नै समृद्धि र सुखी राष्ट्रका दुई आधार हुने कुरामा जोड दिएको
पाईन्छ | एउटा यस्तो कथा जहाँ मानिसले केहि बुद्धिमान जनावरहरुको उक्साहटबाट तमाम
जनावर बिद्रोह झेल्नुपर्ने हुन्छ |
बिद्रोह सफल पनि
हुन्छ र जनावरहरु पुर्णरुपमा स्वतन्त्र हुन्छन तर समयको अन्तरालसंगै फार्म एक
मानिसको ठाउँमा धुर्त जनावरको समुहको अधिनमा जान्छ जसले जनवरका हक अधिकार र
स्वतन्त्राको जप जप्दै जनावरहरुमा दमन र असमानताको नयाँ खेल शुरू गर्छन | यसरी
स्वतन्त्र र स्वयत्त घोषित 'एनिमल फार्म' नवशोषण र सामन्ती चिन्तनको विकासले
पुरानै 'मेजर् फार्म' मा बदलिन्छ जसका व्यवस्थापन मानिसले गर्थे | यसरी अरवेल आफ्नो
सटिक कथा मार्फत प्रभाबकारी र स्पष्ट रुपमा समानता र भाइचाराको पक्षमा विचार
राखेका छन् |
विगत आठ बर्षदेखि
नेपाल संबिधान निर्माण प्रक्रियामा छ | बिभिन्न चरणका आन्दोलन र विद्रोहको उपज हो
संविधानसभा | राणाशासन्,राजतन्त्र, पन्चायती लगायत विभिन्न राजनीतिक तथा सामाजिक
व्यवस्था हामीले झेलिसकेका छौ, जुन हाम्रो पक्षमा कहिलै थिएन | तिनै व्यवस्थाहरुमा
लादिने दमन, असमानता र भेदभावपूर्ण कारकतत्वका कारण आज हामी संघीय लोकतान्त्रिक
गणतन्त्र नेपालको बाटोमा छौ | गणतान्त्रिक नेपाल एक फरक कार्यदिशा मात्र नभएर
जनताको मानवअधिकार, हक, स्वतन्त्रता, सम्मान र स्वाभिमानको पनि प्रतिक हो जसको
सस्थागत हेतु हाम्रा ६०१ प्रतिनिधिहरु संसदमा संबिधान लेखन प्रक्रियामा छन् | यति हुदाहुदै पनि परिस्थिति ढुक्क र खुसी भएर
बस्ने खालको छैन आमजनसमुदायले | कताकता हामी फेरी पुरानै बाटोमा त हिड्न पुगने त
हैनौ ? आसंका बढेर गएको छ | हिजोका बिद्रोही र जनआन्दोलनको औचित्यमाथि प्रश्न उठ्न
थालेका छन् | आज दुर्गमका जनता सामान्य ज्योरोमा सिटामोल नपाएर ज्यान गुमाईरहेका
छन् भने तिनै जनताका नेता महँगो सरकारी खर्चमा उपचारका निम्ति विदेशमा जान्छन |
(source of image is internet)
न्याय नपाई जनता
अनसनमा मर्छन भने अपराधी खुलेआम सुरक्षा निकायसंग हात मिलाई हिडिराखेका छन् | हारेको
नेता मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्म भएका छन् | हिजो जनताबीच बाडिएका हक,
सम्मान, र अधिकारका मीठो सपना आजको बास्तबिकतासंग कुनै मेल खादैन | जनताका मौलिक हकलाई
छाडी शासनसंज्ञा केन्द्रको विषय बन्दैछ राजनीतिमा | सरकार र उसका काम कारवाही कसका लागि, किन र कतातिर
लक्षित् छन् रनभुल्लमा पर्दैछन् आमजनासमुदाय | हिजोका आन्दोलनहरुमा आन्दोलित जनता
आज राजनैतिक दलका बेग्ला- बेग्लै भएका छन् – कोहि कांग्रेस, कोहि एमाले त कोहि
माओबादी, मधेसबादी आदि इत्यादी | हिजोका जनतालाई दिएको आश्वासन आज मित्या साबित
हुदैछ | के यसरी नै हामी हाम्रो लक्ष्यमा पुग्छौ त ? जहाँका राजनीतिले जनताका
समस्या हल बोकेको हुदैनन | पक्कै पनि हामी हाम्रो लक्ष्य प्राप्तिको आशा राख्नु हाम्रा
राजनीतिक दलको मुर्खता शिवाय केहि हैन |
अरवेल तिनै
काल्पनिक कथा र तिनका पात्रहरु झैँ छन् हाम्रा नेताज्यूहरुका व्यवहार | राजनीतिक
सहमतिका बुदाहरुमा जनताका हितका कुरा पर्ने छाडेका छन्, हाम्रो नया नेपालमा |
'सानालाई ऐन, ठुलालाई चैन' को परिस्थिति सिर्जना हुदैछ | केहि राजनीति दल सामाजिक
कार्यदिशा तथा सहमतिलै छाडी बाकी सब कार्यहीन भएका छन् | हेश आज समानता र भाइचारा
स्थापना गर्नुमा लागनुको उल्टो सामाजिक, आर्थिक, राजनीतिक तथा जातीय दन्दमा अग्रसर
हुदैछ | के यी सम्पूर्ण कुराहरु हाम्रो राष्ट्रिय समस्याका बिषय बाहिर पर्न थालेका
हुन् त ? जसको कुनै हल हुन सक्दैन ?
Happy Reading!
Comments
Post a Comment