Skip to main content

हामी कतातिर ?





                                हामी कतातिर ?

( बिषय अलिक पुरानो होला, तर सान्दर्भिकता आज पनि उस्तै छ, उकुशमुकुश राजनीति | क्षेत्रिय पत्रपत्रिकामा प्रकाशित मेरो तत्कालिन लेख | )


कैलाली टिकापुरकाण्डको ठिक तिन दिन अघि म दक्षिणभारतीय हितेषीहरुलाई आफु नेपाली नागरिक हुनुको गर्विलो इतिहास बताएको थिए| उनेरुका उत्सुक आखाले मलाई भन्दा मेरा शब्द र बिचारलाई न्याय ,स्वाभिमान, इमान्दार ,र विरताको तराजुमा तौल गर्ने तल्लिन थिए |कम्ति खुशी थिईन म ,गोर्खाली इतिहास र राष्ट्र गान उनेर्लाई सुनाउन पाउदा |विकसित राजनैतिक घटनाक्रम –संविधानको प्रारम्भिक मस्यौदा ,यस् माथिको बिरोध र समर्थन ,संघीयराज्यको सख्या ,शासनप्रणाली ,धार्मिक मतभेद पनि नसुनाएको हैन |बस उनेर्को नजरमा नेपालीलाई न्याय र शान्ती प्रेमी मानब प्रमाणित गर्न सफल भएको थिए |आत्मग्लानी महसुस् गर्दैछु हिजोका इतिहासिक कथन ,कारण आजको राजनैतिक  घटनाक्रम|


थाहा छ सबैलाई ,असल र सफल नतिजा आउन समय लाग्छ, अझ बढी काम र इच्छा | संविधानिक राजतन्त्रात्मक मुलुकलाई लोकतान्त्रिक बाटोमा डोर्याउने ,हामीले हाम्रा नेतृत्वको कौशलता ठानेका छौ |सायद यहि एउटा मात्र कारण हो हामी हाम्रो नेतृत्वलाई विश्वास गर्छौ |देशमा माओ ,लेलिनदेखि लिएर गान्धीसम्मका विचारले राम्रैसँग व्यापार गरेको छ, उदारण रौतहट , कैलाली अराजगता- बलिदान एउटाको प्राप्ति अर्काको |


यस्तो लाग्छ हामी नेपालीहरु अझै मानव सभ्यताको पहिलो कडीमै छौ| सभ्य समाजमा अस्त्रभन्दा शास्त्रको प्रयोग उचित ठ्नीननछ, नेपाल यसमा पनि पृथक रह्यो शास्त्र छाडी जो अस्त्र उन्मुख हुदैछ | वर्तमान विश्वजगतलाई हेर्ने हो भने ,आज ति राष्ट्र सफल छन् जसले क्रान्तिको अर्थ बुझेका थिए ,भातृत्वको बिरुवा रोपेका थिए र शान्तीको गीतसंगै गाएका थिए|आन्दोलन ,मर्नु र मार्नु ,भोकहड्ताल जस्ता कार्यक्रम क्रान्तिका परिधिभित्र पर्नु र पार्नु निधनिया छ ,क्रान्ति समस्त बिचारको परिवर्तन ,नया युगको उदय हो |परिवर्तन के बन्दुक ,भाला, खुकुरी र तरबारबाट मात्र सम्भव छ त? हो भने महात्मा गान्धीको क्रान्तिलाई कसरी र के भनेर सम्बोधन गर्ने ?



(Source of image is internet)
अमृतब्रिक्ष्य आज बिषब्रिक्ष्य साबित हुदैछ |हिजो एकै समाजमा बसेका छिमेकि, एकै आगनमा खेलेका साथी ,आफ्नो बालापन बिताएको ठाउँ ,सुखदुखमा संगै रहेको समाज ,आज सब छिनाभिन्न हुदैछ- आफ्नै गोलटोल, देउता ,विचार र मात्र निषेधको रेखा कोर्न बाकीं छ सबैले |एक र प्रत्येकलाई थाहा छ ,हाम्रो विचारसुन्य नेतृत्व र भ्रामक कार्यदिशा साथै पुराना असफल राजनैतिक सुत्र | सबैभन्दा तनाबको स्तिति त अझ त्यतिबेला हुन्छ जसलाई समर्थन गर्न जनता सडकमा पुग्छन् आफ्नो पुरानो पार्टीको पक्ष्यमा र नेता कुर्शीमा | विचार हामी जनता | अझ कहालीलाग्दो स्तिती, जिबिसबाट नगर\गाउमा आहेको हाम्रो विकासनिर्माण बजेट पनि नेताको देन ठान्छौ |हाम्रा अधिकारलाई उपकार ठान्ने काम नगरौ| 

टिकापुरकाण्डले पुरै बिस्वभरका नेपाली मन दुखेको छ ,मरेका प्रहरी शासकका हिमायती होइनन , न त बाहुनछेत्री र जनजाती, मरेको त हामी जातजाति बिचको विश्वास हो ,भाइचारा हो, भत्केको हाम्रो मन मात्र होइन हार्दै गएको हाम्रो राष्ट्र पनि हो |के अब अझ हामी नसुध्रने ,अबुझ बस्ने ? हाम्रो राष्ट्रमा शान्ती र मेलमिलाप कायम गर्न हाम्रो केहि भूमिका छैन त ?आजको नेपाली राजनीति मोदीको गुजरात भन्दापनि लालुको बिहार जस्तो भएको छ ,अनपेक्षितरुपमा | गुण्डा र सहिदबीच फरक देखन छाडेका छन् नेतृत्वले| हालैको कुमार श्रेष्ठ ‘घैटे’ प्रकरण र समर्थनमा उत्रिएको गगन थापा जस्तो आशलाग्दो  युवानेतृत्व| राष्ट्र संक्रमणकालिन अवस्थामा छ ,देश आज अन्तरिम संबिधान र दलीय सहमतिले निदेषित छ | त्यसैले जनताका फाइदा भन्दा दल र तिनका नेताका फाइदा प्राथमिकतामा छ सरकारको लागि |


टिकापुरकाण्डलाई लिएर सभासद देखिलिएर पूर्व र बहालवाला प्रधानमत्री आरोपप्रत्यारोपमै ब्यस्त देखिए| अझ डा.भट्टराईले त आफुलाई जनपक्षधर र अरु नेता सामन्तीको कित्तामा राखनसम्म भियाए|कस्तो दुषित राजनीति, हिजोका सहमतिमा पनि बस्ने र आजको बिरोधको नाहिके आफुलाई ठान्ने |पकै पनि डा.बाबुराम भट्टराई नेपाली राजनीतिका एक अबल र बौद्धिक नेता हुन् ,शका छैन| अबल शैक्षिक योग्यता र फरक विचार को नेतृत्व जो उनले गर्थे |तर काठमाडौँका सडक फराकिलो पर्ने बाहेक गतिलो काम गर्न सकेनन, आफ्नोकालमा काठमाडौँ खानेपानी लिमिटेडमा जेठीसाशुलाई महाप्रबन्धक त उनले पनि बनाएकै हुन् |

नेतृत्व त्यो हो जसले जनतालाई जोड्ने काम गर्छ ,शान्ती, भाइचारा ,मेलमिलाप र बिकाशको काम र पक्ष्य लिन्छ |आखिर हामी किन र केमा  चुकिरहेका छौ त्यसमा अमल गरऊ| के हाम्रा कुनै नेतृत्वमा यी गुण र सहस छ त ? अह छैन ,हामीलाई कुनै बाद चाहिएको होइन ,हामीलाई मात्र बिकाश ,अधिकारको प्रत्याभूति ,शान्ती चाहिएको हो |यदि समस्याको हल बार्ताबाट हुदैन भने जनमत संग्रहमा जाऊ|नया नेपाल जनताकोलागि हो भने यसको निद्णय गर्न जनतालाई दिऊ| अनि पुरा बिस्वलाई थाहा होला नेपालीहरु कतातिर |

                                                            

 कुशलकृष्ण खरेल
 शिवासताशी-९ ,झापा
 हाल: केरला, दक्षिणभारत

     


        

Comments

Popular posts from this blog

Booming security market

 Security market was most ignored investment avenue, what are those reason that hyped this avenue from 293 to 2823.06 Nepse Index? The trading trend in Nepalese capital market is bit different from world capital market. People invest on share seeking for bonus and right share since Nepalese share has return only once in a fiscal year that is, dividend. People are more inclined to fix deposit account of banks and financial institute than securities market as interest rate is higher than return from capital market. Most of the country's 50% and more securities in Capital market are transact for government securities but in our case this doesn't stand true. BFIs have dominant in security market. Negative comments, NEPSE inefficiency, NRB regulation regarding margin lending policy, unaware people, and more investment in import and gold business and weak online trading backlash the Nepalese share market.  The increment in capital requirement of A,B and C BFIs as fixed by NRB on FY ...

Nepal Rastra Bank, Unified directives 2075

How are the loans/advances classified in Nepal? Explain in detail. Nepal Rastra Bank, a central banking authority have clearly mentioned the classification of loans/advances in unified directives 2075 which is listed in directive no. 2/075. Entire loan and advances extended by a licensed institution (it means BFIs licensed under its authority) have to be classified as follows based on expiry of the deadline of repayment of the principal and interest of such loans/advances: (Source of image is internet) A. Performing Loan: Performing loan includes pass and watch list loan in following: 1. Pass: a. Loans/advances which have not overdue and which are overdue by a period up to one month, b. Loans/advances of fixed receipts, c. Loans/advances of government of Nepal securities and loans/advances made against the collateral of Nepal Rastra Bank bonds,   d. Loans/advances extended in maximum up to 10 lakh against the collateral of gold and silver. ...

DOSA ECONOMICS

Dosa Economics During his three year tenure as the governor of RBI, Dr. Raghu Ram Rajan focused on lower inflation over higher interest rate. Rajan theory famously known as DOSANOMICS. He explained the concept with the use of interest in pension fund with relation to increase in general price level. If a pension has savings of rs. 100000 and the cost of dosa is rs. 50 at the time, he can buy 2000 dosas with that money. As a rational being a pensioner wants to invest for a period of one year to make extra more sum. Lets look at scenario: Inflation: 10%                   Interest: 10% At this rate, pensioner will get rs. 10000 as interest after a year in savings. But, cost of dosa is now at rs. 55. He can only buy 182 dosas with earned interest. Again, Inflation: 5.5%                Interest: 8% At this rate, pensioner will get rs. 8,000 as interest after a...