हाम्रो शैक्षिक बुझाई
बाबुको पढाई लेखाई कहाँ पुग्यो? चल्दैछ अथवा
बिस्वबिद्यालयको कुनै तह सके भन्नु भो भने बच्नु होला, नत्र तपाई नालायक |
शिक्ष्यलय बाहिर जति पढ्नुस, सर्टिफिकेट पाउनु हुन्न त्यो नभई सज्जनको उपमा कसले
दिने | थोरै अपवाद बाहेक | गजबको स्टारडम् छ यो सर्टिफिकेटमा, छ हिरो छैन जिरो | पक्कै
पनि शिक्षा अतुल्य छ तर कतै पढ्दै चन्द्रमा छुने, केहि नपढ्दै कुवामै थेचारिने पनि
हैन | मेरो आलेखको सार, विद्यालय तथा बिस्वबिद्यालय शिक्षालाई खण्डन गर्नु कदापी
हैन | मात्र हाम्रो आधा सामाजिक चेतनको थोरै उजागर यस्को अभिप्राय हो |
ओस्कार वहिल्ड (Oscar wilde) भन्छन “Education is an admirable thing, but it is well to remember from time to time that nothing that is worth knowing can be taught.” अर्थात् “शिक्षा एक सरानीय चिज हो, तर समय समयमा यो पनि याद गरिनुपर्छ कि यस्तो कुनैपनि जान्न योग्य छ त्यसलाई सिकाउन सकिदैन|” हाम्रो सामाजिक विचारको ठिक उल्टो| ओस्कार सन् १८८० र ९० दशकका निकै विख्यात साहितिक व्यक्तित्व हुन् | उनका हरेक दर्शनमा विज्ञानको मुनासिब उपस्तिती छ |

एक पटक सुकरातले भनेका थिए, अन्वेषण रहित जीवन जिउनु
योग्य छैन | ओस्कारका विचार त्यहि हो जुन सुकरातले भनेका छन् | शिक्षा र ज्ञान
सुन्दा पर्यायवाची लाग्ने शब्द हुन् , एकै अर्थ बोके जस्तो | शिक्षा
जीवनको एउटा सिकाइको प्रक्रिया हो । यसको औपचारिक र अनौपचारिक तह हुन्छ । शिक्षा सुन्ने बितिकै
हामीलाई स्कूल कलेज गएकै हुनुपर्ने, ब्याग बोकेकै हुनुपर्ने , अंग्रेजी शब्द र गणितका सुत्र जानेकै
हुनुपर्ने र परीक्षा पास भएकै हुनुपर्ने लाग्छ | हाम्रो यो आशा गलत
हैन तर पूर्ण भने अवस्य छैन| गलत यस अर्थमा छैन,
यो औपचारिक प्रक्रिया हो तर पूर्ण पनि छैन किनकि बिस्वबिद्यालय र
बिद्यालयले अनौपचारिक शिक्षा दिदैनन | हैन भने सरकारी कार्यालय भ्रस्टाचार किन,
हाकिम बन्न त औपचारिक शिक्षा लिएकै हुनुपर्छ |
(Source of image is internet)
नीतिशास्त्र भन्छ, फलेको वृक्षले झुक्नैपर्छ| हामीले त यो शिक्षित वृक्षलाई एकदम ठाडो बन्न सिकायौ| हो आज आएर हामी यहि बिन्दुमा चुकेका छौ | नचुकेका भए आज कति कथित ज्ञानीका बुडाअभिभावक आश्रमका प्यारा हुदैन थिए | शिक्षाले त मानिसमा अशिक्षितहरुबाट पृथक छुट्याउन विनय, व्यावहारिकताको ज्ञान दिनु हो यो हामीले कहिल्यै बुझेनौ भनौ वा नबुझेझै गर्यौ | शिक्षा मानब जीवनको वर्धित मूल्य हो जसलाई हामी यतार्थको आभास अथवा ज्ञान पनि भन्न सक्छौ |

हाम्रा अभिभावकहरुले कसैलाई फेला पारे भने आफ्ना केटा
केटि नपढेको खाली खेल्न कुदेको गुनासा गर्छन | कतै विद्यालयका शिक्षकलाई भेटे भने आफ्ना केटा
केटीको पढाईमा बिशेष ध्यान दिएर पढाउन अनुरोध गर्छन साथै एक दुई चड्कन लगाए पनि
फरक नपर्ने सुनाउछन् | हाम्रा अभिभावकले बिस्वबिद्यालय र विद्यालयले दिएको शिक्षा
व्यवहारमा कहाँ उतारे थाहा छैन, अरिथ्मटिक( अंकगणित)का सुत्र कहाँ आए र लगाए तिनै जानुन तर
शिक्षा जीवन लम्बी प्रक्रिया हो जसको प्राप्ति कुनै निश्चित समयबिन्दुमा छैन र
पाईदैन, उनेरले त्यो बुझ्नुपर्छ र आफ्नालाई बुझाउनु पनि पर्छ |
खराब जान्नलाई खराब अनुभब हुनैपर्छ, नत्र आप देखेर स्वाद यस्तो उस्तो छ भनि ठोकवा गर्नुलाई अड्कल भनिन छ , अड्कल सत्य हुन जरुरी पनि त छैन | अरस्तुले पछि थपेका छन, सफल र उत्कर्ष जीवन, एउटा भद्र जीवन हो- जीवन जुन कारण र शिक्षा प्राप्तिमा समर्पित छ | शिक्षालय सिमित सुत्र, सिद्धान्त, इतिहास र तथ्य मात्र याद राखने स्थलमा सिमित छैन, शिक्षालय बिधार्थीको क्ष्यमता एक मनाबका रुपमा विकाश गर्ने स्थल हो ताकी जिन्दगीबाट बडी भन्दा बडी खुशी लिन र दिन सकुन |

कुशलकृष्ण खरेल
केरला बिस्वबिद्यालय,
दक्षिणभारत, केरला
दक्षिणभारत, केरला

Comments
Post a Comment